राज्य सत्तामा नारी


बर्तमान समयमा जति नै समावेशीकरणको कुरा गरे पनि आधुनीक समाज प्राचीन कालको जस्तो समावेशी मुखी समाज हुन सकेको छैन।प्राचीन समयमा आर्यहरूको शासन व्यवस्था नै आफैमा समावेशीको उदाहरण थियो, वर्तमान समयमा प्राचीन इतिहास लाई नकारात्मक धारणा का रूपमा प्रस्तुत गरिनु वर्तमान, भविष्यलाई अन्धकार मुखी बनाउनु हो। समाज सञ्चालनका निमित्त शासन व्यवस्था आवश्यक पर्दछ र यसको सञ्चालन पुरुषले गरेको पाइन्छ। वर्तमान समयमा जति अधिकारका कुरा गरेता पनि व्यवहारिक हिसाबमा लागू भएको पाइँदैन तर इतिहासका पाना पल्टाउँदा कयौँ राज्य सञ्चालन नारी(स्त्री) द्वारा नै गरेको पाईन्छ जसलाई स्त्री सत्तात्मक राज्य भन्दा फरक पर्दैन।

        वर्तमान समयमा नेपालको पश्चिमी क्षेत्रमा पर्ने  कर्णाली प्रदेश आफैँमा प्राचीन इतिहास बोकेको क्षेत्र हो, नेपालको इतिहासमा सबै भन्दा ठूलो साम्राज्य सिंजा साम्राज्यको थलो पनि यहि हो । सिँजा साम्राज्य स्थापना हुनु भन्दा निकै पहिला यसै क्षेत्रमा महिलाहरुले राज्य सञ्चालन गरेको पाइन्छ। हिमाली क्षेत्रमा  सुर्वणगोत्र नामक राज्य महिला द्वारा शासित राज्य थियो।  सुई सु नामक प्रसिद्ध आधिकारिक चीनी सरकारी प्राचीन इतिहासको ग्रन्थ मा समेत यस राज्यको उल्लेख गरेको पाइन्छ।

यस पुस्तकमा सुवर्णगोत्र राज्य जसलाई Nu Guo अर्थात "महिलाहरुको देश" वा Dong Nu Guo अर्थात "पूर्वी महिला राज्य" भनिएको छ। यस राज्यमा पूर्ण रूपमा महिलाहरुले शासन गर्ने गर्थे। यहाँकी रानीहरू ९ तला अग्लो भव्य दरवारमा वसेर सबै प्रशासनिक पदहरूमा महिला अधिकारी हरु नियुक्त गरी शासन गर्ने व्यवस्था थियो। प्रत्येक ५ दिनमा रानीको अध्यक्षतामा बैठक बसी न्याय, प्रशासन चलाउने कचहरी हुने गर्दथ्यो।

यस राज्यमा पुरुषहरुको भूमिका शासन  गर्नु नभई किसानी र सैन्य सेवा थियो, यस राज्यमा पुरुषहरुको काम खेतीपाती, युद्ध लड्ने मात्र हुन्थ्यो। यो मातृसत्तात्मक समाज थियो जहाँ वंश र सम्पत्तिको अधिकार महिलामा सर्थ्यो। यस राज्यमा रानीको मृत्यु भएमा राज्यमा गृहयुद्ध वा विवाद नहोस् भनेर राजपरिवार भित्रै बाट पहिल्यै एकजना "सानो रानी" चयन गरेर राखिन्थ्यो जसले रानीको मृत्यु पश्चात राज्य सञ्चालन  गर्थिन।   यो राज्य ७ औँ शताब्दी तिर आइपुग्दा पुर्ण रूपमा तिब्बती साम्राज्यको अधीनमा गयो फलस्वरूप विस्तारै यहाँको कडा मातृसत्तात्मक र महिला शासकको प्रणाली हराउँदै गयो। यो शक्तिशाली महिला राज्यको पतन हुनुको मुख्य कारण तिब्बती साम्राज्यको उदय र विस्तार थियो। यार्लुङ राजवंशका शक्तिशाली राजा स्रड्चन गम्पोले एकिकरण अभियान सुरु गर्नु र सुवर्णगोत्र राज्यलाई सैन्य आक्रमण र दबाब बढ्नु नै यस राज्य को पतनको प्रमुख कारण थियो।

  यो राज्य हराएर गए पनि यसको केही सांस्कृतिक अवशेषहरू अँझै बाँकी छन्:

१. हुम्ला र डोल्पाका समाज : नेपालको उपल्लो हुम्ला र डोल्पाका कतिपय भोट-बर्मेली समुदायमा अझैँ पनि बहुपति प्रथा (Polyandry) र महिलाहरू घरको मुख्य हुने मातृसत्तात्मक अवशेषहरू देख्न सकिन्छ।

२. नुनको व्यापार : कर्णालीका जनताले भोट(तिब्बत) बाट नुन ल्याएर तल्लो क्षेत्रमा व्यापार गर्ने जुन "नुनको बाटो" थियो, त्यो यही सुवर्णगोत्र राज्यकै पालादेखि सुरु भएको इतिहासकाहरुको एकमत पाइन्छ।

यो इतिहासले कर्णाली र हिमाली क्षेत्र प्राचीन कालमा केवल दुर्गम ठाउँ मात्र नभएर, संसारकै अनौठो र धनी  साम्राज्यको केन्द्र थियो भन्ने प्रमाणित गर्दछ। वर्तमान समयमा जति महिलाको हक हितको कुरा गरे पनि प्राचीन समयमा नेपाल समावेशी एवम् मातृसत्तात्मक समाज थियो  भन्नेमा कुनै शंका छैन। 

- बरुण चौलागाई

जय गोर्खा🔱🚩

2 Comments

Drop your comments below.
Thank you :)

Previous Post Next Post